कालीगण्डकी नदीमा डुबेर एक बेपत्ता
सांकेतीक तस्वीर
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार–१ स्थित कालीगण्डकी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ घर भएका २२ वर्षीय छत्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ ।
नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार बेपत्ता भएका शाही कालीगण्डकी करिडोरमा काम गर्ने मजदूर रहेका हुन् । घटनालगत्तै प्रहरी र स्थानीयवासीद्वारा कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा उहाँको खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment