तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता

डिसी नेपाल
२ पुष २०८२ २२:२७
68
Shares
काठमाडौं । तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नेपाल ट्रस्टको जग्गा प्रकरणमा उनीहरू तीन जना र एक कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ।
नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा भाडामा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो। मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *