नेपाल प्रेसका अध्यक्ष लम्साललाई साइबर ब्यूरोमा उपस्थित हुन फोन
काठमाडौं । नेपाल प्रेसको प्रकाशन गृह ‘नेपाल इ-प्रेस’का अध्यक्ष विन्दुराज लम्साललाई नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन टेलिफोन गरेको छ। साइबर ब्यूरोबाट आज आफूलाई पटक-पटक फोन गरेर ब्यूरोमा उपस्थित हुन भनिएको अध्यक्ष लम्सालले जानकारी दिएका छन्।
सादा पोसाकका प्रहरीले आजै ‘नेपाल प्रेस’को कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको केही समयलगत्तै लम्साललाई पनि फोन आएको हो।
फोन गर्ने प्रहरी अधिकारीहरूले प्रकाशित समाचारको विषयमा आवश्यक छलफल गर्नुपर्ने भन्दै ब्यूरोमा आउन आग्रह गरेको लम्सालले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment