दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी

डिसी नेपाल
१३ कार्तिक २०८३ १९:११
28
Shares

काठमाडौं। नेपाल प्रहरीले विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ।

पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालय मीनभवनबाटै प्रहरीले पक्राउ गरेको, मोटिभेट न्यूजका पत्रकार शोभराज बरालपनि पक्राउ गरेको साथै नयाँ पत्रिका र दियोपोष्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्टि गरे।

सादा पोसाकमा आएका प्रहरीले सुवेदी र बराललाई नियन्त्रणमा लिएको उनले जानकारी दिए। साथै दियोपोष्ट र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका केही व्यक्तिहरु प्रवेश गरेको जानकारी दिए।

कुनै पक्राउ पूर्जीबिना समाचार कक्षमा प्रवेश गरेर पक्राउका विरुद्ध सडक आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए।

यता, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरोमा समाचारका विषयमा छलफल गर्न भन्दै बोलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *