अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकारको कुरा अमेरिकी सेना प्रमुखले खण्डन गरिदिए

डिसी नेपाल
२७ असोज २०७७ १२:५१
176
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले गत हप्ता अमेरिकाले परिस्थिति हेरेर आक्रामक रुपमा अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने अभिव्यक्ति दिएका थिए । तर, अमेरिकी सेनाका सर्वोच्च जनरलले आइतबार उनको यो कुराको सार्वजनिक रुपमा खण्डन गरेका छन् । अमेरिकाको ज्वाइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलेले सार्वजनिक रुपमा राष्ट्रपतिका सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनको भनाइको खण्डन गरेका हुन् ।

सीएनएनका अनुसार ओब्रायनले गत हप्ता २०२१ को सुरुवातसम्म अमेरिकाले अफगानिस्तानमा आफ्नो सेनाको संख्या ४ हजार ५ सयबाट २ हजार ५ सयमा झार्ने बताएका थिए । उनले सेनाको संख्या अझै घटाउने कुरा भने परिस्थितिमा आधारित हुने बताएका थिए । ‘रोबर्ट ओब्रायन वा अरु जो कोहीले आफूलाई अनुकूल लागेको आधारमा अनुमान गर्न सक्छन् तर म अनुमानमा अल्झिन चाहन्न । म त्यहाँको मैदानी अवस्थाको आधारमा परिस्थितिको गम्भीर विश्लेषण र राष्ट्रपतिसँग भएको छलफलका क्रममा बनाइएका योजनाप्रति सचेत रहेर अगाडि बढ्छु’ मिलेले एनपीआरसँग भने ।

गत हप्ता ओब्रायनले सेना फिर्ता बोलाउने बताएको केही घण्टामै ट्रम्पले ट्वीट गर्दै अफगानिस्तानमा रहेका ४ हजार ५ सय सैनिकलाई क्रिसमससम्म घर ल्याउनुपर्ने बताएका थिए । ट्रम्पले उनको सुरक्षा सल्लाहकारले बताएको भन्दा पनि झनै आक्रामक समयरेखा बताएका थिए । ‘त्यो शर्तमा आधारित फिर्तिका बारे राष्ट्रपतिको निर्णय थियो’ मिलेले आफ्नो अन्तरवार्ताको क्रममा भने ‘मुख्य कुरा के हो भने हामीले जिम्मेवारीपूर्वक र हाम्रो चाहनाअनुसार युद्धको अन्त्य गर्न चाहन्छौं र हामीले अफगानिस्तानमा जोखिममा परेका अमेरिकाका राष्ट्रिय सुरक्षाका विषयहरुको सुनिश्चितताको ग्यारेन्टीपछि मात्र गर्छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.