अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकारको कुरा अमेरिकी सेना प्रमुखले खण्डन गरिदिए
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले गत हप्ता अमेरिकाले परिस्थिति हेरेर आक्रामक रुपमा अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने अभिव्यक्ति दिएका थिए । तर, अमेरिकी सेनाका सर्वोच्च जनरलले आइतबार उनको यो कुराको सार्वजनिक रुपमा खण्डन गरेका छन् । अमेरिकाको ज्वाइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलेले सार्वजनिक रुपमा राष्ट्रपतिका सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनको भनाइको खण्डन गरेका हुन् ।
सीएनएनका अनुसार ओब्रायनले गत हप्ता २०२१ को सुरुवातसम्म अमेरिकाले अफगानिस्तानमा आफ्नो सेनाको संख्या ४ हजार ५ सयबाट २ हजार ५ सयमा झार्ने बताएका थिए । उनले सेनाको संख्या अझै घटाउने कुरा भने परिस्थितिमा आधारित हुने बताएका थिए । ‘रोबर्ट ओब्रायन वा अरु जो कोहीले आफूलाई अनुकूल लागेको आधारमा अनुमान गर्न सक्छन् तर म अनुमानमा अल्झिन चाहन्न । म त्यहाँको मैदानी अवस्थाको आधारमा परिस्थितिको गम्भीर विश्लेषण र राष्ट्रपतिसँग भएको छलफलका क्रममा बनाइएका योजनाप्रति सचेत रहेर अगाडि बढ्छु’ मिलेले एनपीआरसँग भने ।
गत हप्ता ओब्रायनले सेना फिर्ता बोलाउने बताएको केही घण्टामै ट्रम्पले ट्वीट गर्दै अफगानिस्तानमा रहेका ४ हजार ५ सय सैनिकलाई क्रिसमससम्म घर ल्याउनुपर्ने बताएका थिए । ट्रम्पले उनको सुरक्षा सल्लाहकारले बताएको भन्दा पनि झनै आक्रामक समयरेखा बताएका थिए । ‘त्यो शर्तमा आधारित फिर्तिका बारे राष्ट्रपतिको निर्णय थियो’ मिलेले आफ्नो अन्तरवार्ताको क्रममा भने ‘मुख्य कुरा के हो भने हामीले जिम्मेवारीपूर्वक र हाम्रो चाहनाअनुसार युद्धको अन्त्य गर्न चाहन्छौं र हामीले अफगानिस्तानमा जोखिममा परेका अमेरिकाका राष्ट्रिय सुरक्षाका विषयहरुको सुनिश्चितताको ग्यारेन्टीपछि मात्र गर्छौं ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment