उत्तर कोरियाली ह्याकरले चोरी गरेका अरबौं डलर क्रिप्टोकरेन्सीलाई पैसासँग कसरी साट्छन् ?
काठमाडौं। केही वर्षदेखि उत्तर कोरियाको शासक किम वंशले आपराधिक क्रियाकलापबाट पैसा कमाइरहेको अन्तर्राष्ट्रिय स्तरमा दावी गरिँदै आइएको छ । उत्तर कोरियाले लागूऔषधको तस्करी र नगदको जालसाजी गरेर पैसा कमाउँदै आएको दावी गरिन्छ । पछिल्लो समय उत्तरु कोरियाले बैंक र क्रिप्टोकसेन्सी साट्नेहरुलाई निशाना बनाउँदै अरबौं डलर चोरी गरेको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले संचालन गरिरहेको म्यागजिन टेक्नोलोजी रिभ्यूले दावी गरेको छ ।
रिपोर्टका अनुसार उत्तर कोरियाले २०१८ मा एकैपटक २५० मिलियन डलर चोरी गरेको थियो । संयुक्त राष्ट्रसंघले यो रकम उत्तर कोरियाले आणविक हतियार बनाउनको लागि प्रयोग गर्ने गरेको बताएको छ । तर, क्रिप्टोकरेन्सी एक्सचेन्ज ह्याक गर्नु र त्यसलाई नगदको रुपमा प्राप्त गर्नुमा ठूलो फरक छ । यसका लागि चोरिएको mत्रप्टिोकरेन्सी अन्यत्र लैजानुपर्छ, कसैले पत्ता लगाउन लसक्ने गरी लण्ड्रिङ गर्नुपर्छ र यसलाई डलर, युरो वा युआनसँसग साट्नुपर्छ । अनि मात्र यसबाट हतियारलगायतका कुराहरु किन्न सकिन्छ जुन बिटक्वाइनबाट किन्न सकिँदैन ।
‘म त भन्छु ह्याकिङभन्दा लण्ड्रिङ झनै जटिल छ’ क्रिप्टोकरेन्सीकै विषयमा अनुसन्धान गर्ने आइआरएसका प्रमुख केस एजेन्ट क्रिस्टोफर जान्चेस्की भन्छन् । जान्चेस्कीले पछिल्लो दिनमा यस्ता धेरै घटनाहरु देखेका छन् । उनले हालै ट्वीटर प्रयोगकर्ताहरुलाई प्रभावित पार्ने गरी भएको ह्याकको अनुसन्धानको नेतृत्व गरिरहेका छन् । यसबाहेक डार्कनेटको सबैभन्दा ठूलो साइटमा बाल यौन शोषणका तस्वीरहरुको बिटक्वाइनमा भइरहेको कारोबारको पनि उनले अनुसन्धान गरिरहेका छन् । हालै उत्तर कोरियाली समूह लाजारुस ग्रुपले चोरी गरेको भनिएको २५० डलर क्रिप्टोकसेन्सी पत्ता लगाउने अपरेकनमा पनि उनले नेतृत्व गरेका थिए । उनका अनुसार लाजारुसका रणनीतिहरु यस्ता घटनामा निरन्तर संलग्न छन् ।
लाजारुस ग्रुपले एक पटक लक्ष्य ह्याक गरेर पैसामा नियन्त्रण पाएपछि यसले अनुसन्धानलाई प्रभावित पार्न त्यो पैसाको ‘ट्रेल’ ढाकछोप गर्ने प्रयास गर्छ । यसका लागि उनीहरुले त्यो पैसा फरक वालेटमा सार्ने वा फरक क्रिप्टोकरेन्सीमा रुपान्तर गर्ने गर्छन् । उदाहरणका लागि उनीहरुले कुनै एक क्रिप्टोकरेन्सीलाई बिटक्वाइनमा परिणत गर्छन् । तर, उत्तर कोरियाली ह्याकरहरुको तरिका पछिल्लो समय विकसित भएको छ । उनीहरुको रणनीतिमध्ये एउटालाई पील चेन भनिन्छ जसमा एउटा बिटक्वाइन वालेटबाट सयौं वा हजारौं वालेट प्रयोग गरेर नयाँ ठेगानामा पैसा ट्रान्सफर गरिन्छ । यो विधिमा स्रोत लुकाइन्छ र यसले रेड फ्ल्यागको जोखिम पनि कम गर्छ ।
अर्को तरिकालाई चेन होपिङ भनिन्छ । यसमा पैसा बिटक्वाइनबाट फरक फरक क्रिप्टोकरेन्सी र ब्लकचेनमा ट्रान्सफर गरिन्छ । बिटक्वाइनको हरेक कारोबार सार्वजनिक रुपमा हेर्न मिल्छ तर अरु क्रिप्टोकसेन्सीमा यसरी हेर्न नमिल्ने गोग्य प्रणाली हुन्छ जसले उनीहरुलाई कारोबार लुकाउन सजिलो हुन्छ । लाजारुसको लण्ड्रिङ प्रक्रियामा सयौं फर्जी खाता र पहिचानहरु स्थापित गरिएका हुन्छन् । यी खाता र पहिचानहरु निरन्तर सुचारु राखिन्छन् जसले यो प्रक्रिया प्योङयाङको लागि निकै महत्वपूर्ण भएको पुष्टि गर्ने जान्चेस्की बताउँछन् । निश्चित रकम तोकर भन्न कठिन भए पनि विशेषज्ञका अनुसार उत्तर कोरियाको कूल आयको १५ प्रतिशत कमाइ आपराधि गतिविधिबाट हुन्छ र यसको ठूलो हिस्सा साइबर आक्रमणबाट आउँछ ।







डिसी नेपाल








Facebook Comment