तीन जनाको शव फेला
काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।
नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ फेनहरास्थित टहरोमा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तुको मायादेवी गाउँपालिका-४ सानो गौरा बस्ने ६५ वर्षीय महुमत अजित धुनिया सोही ठाउँस्थित खाली जग्गामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
धनुषाको जनकनन्दिनी गाउँपालिका-२ पोखरीया टोल नजिक सडक छेउमा पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment