अफगानिस्तानमा वायु सेनाका २ हेलिकप्टर आकाशमा ठोक्किँदा कम्तीमा १५ सैनिकको मृत्यु
काठमाडौं। अफगानिस्तानमा वायु सेनाका २ हेलिकप्टर आकाशमै एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटना दक्षिणी हेलमंदको नवा जिल्लामा भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । अफगानिस्तानको टोलो न्यूज टिभीले बुधबार बिहान दिएको सूचनालाई उद्धृत गर्दै सिन्ह्वाले लेखेअनुसार दुर्घटना मंगलबार राती भएको हो ।
यो प्रान्तमा विगत केही दिनदेखि तनावको स्थिति छ । द्वन्द्वग्रस्त क्षेत्रमा कमाण्डो लैजाने र घाइते सुरक्षाकर्मीलाई फर्काउने क्रममा दुर्घटना भएको बताइएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयले यसबारे कुनै टिप्पणी गरेको छैन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment