गाईको गोबरबाट बनेको चिपले मोवाइलको विकिरण र विभिन्न रोगबाट बचाउने

डिसी नेपाल
२८ असोज २०७७ १३:३६
488
Shares

काठमाडौं। भारतको राष्ट्रिय कामधेनु आयोगले सोमबार गाईको गोबरबाट बनेको एक चिप सार्वजनिक गरेको छ । आयोगले यो चिपबाट मोवाइल फोनको विकिरण धेरै हदसम्म कम हुने दावी गरेको छ । आयोगका अध्यक्ष बल्लभभाइ कथिरियाले एक पत्रकार सम्मेलनमा भने ‘हामीले देखेका छौं कि यसलाई मोवाइल फोनको साथमा राख्दा रेडिएसन धेरै हदसम्म कम हुन्छ । रोगबाट बच्नको लागि आउने समयमा यो निकै उपयोगी हुनेछ ।’

हिन्दूस्तान टाइम्सका अनुसार आयोगले यो चिपका साथै गाईको गोबरबाट बनेका अन्य उत्पादनहरु पनि सार्वजनिक गरेको छ । यी सबैको उद्देश्य यो दीवालीका प्रदूषण कम गर्नु भएको कथिरियाले बताए । यो दीवालीमा चीनमा बनेका सामग्रीको बहिष्कार सुनिश्चित गर्ने र गाइको गोबरबाट बनेका दियो, भगवान गणेश र लक्ष्मीका प्रतिमा सहित अन्य सामग्रीहरुको प्रयोगलाई बढावा दिने उद्देश्यले राष्ट्रिय कामधेनु आयोगले ‘कामधेनु दीपावली अभियान’ चलाउने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा गाईको गोबरबाट बनेका अन्य उत्पादनहरु समेत सार्वजनिक गर्दै कथिरियाले भने ‘गाईको गोबरबाट रबको रक्षा हुनेछ । यी सबथोक घरमा आएपछि घर विकिरण मुक्त हुनेछ ।’ गोमय गणेश अभियानको सफलतापछि आयोगले उत्साहित भएर यो अभियान सुरु गरेको कथिरियाले बताए । यसबाट गौशालाहरु आत्मनिर्भर बनाउने दिशामा ठूलो टेवा पुग्ने पनि उनले बताए । आयोगले देशभर ११ करोड परिवारको माध्यमबाट गोबर निर्मित ३३ करोड दी प्रज्वलन गर्ने लक्ष्य राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.