अत्यधिक बर्षाका कारण भारतको तेलंगानामा १२ को मृत्यु

डिसी नेपाल
२८ असोज २०७७ १४:५१
24
Shares

हैदराबाद । भारतको तेलंगाना राज्यमा अत्यधिक बर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

त्यसैगरी एक जना ४० बर्षीया महिला र उनकी छोरीको इब्राहिमपत्नाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको आफ्नै घरको छतले च्यापिएर मृत्यु भएको हो ।

प्रहरी अधिकारीहरुले प्रदेशका धेरै ठाउँमा घर तथा पर्खाल भत्कीने, बाढी पहिरो जानेलगायतका घटनाहरु भएको जनाएका छन् । ती घटनाहरुमा परी अरु धेरै मानिस घाइते भएको विवरणहरु प्राप्त भइरहेको पनि प्रहरी अधिकारीहरुले बताएका छन् ।

घटनामा परेकाहरुको उद्धार तथा सहयोगका लागि हैदरावाद लोक सभाका सदस्य असादुद्दीन ओवैसीले अनुगमन गरिरहको जनाइएको छ ।

प्रहरी र उद्धारकर्ताहरुले बाढी, पहिरोलगायतका घटनाका कारण प्रभावित र विस्थापितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेका छन् ।

प्रदेशभरीमा औसतमा ९८।९ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.