शि जिनपिङले आफ्ना सेनालाई भने : युद्धका लागि तयार रहनू

डिसी नेपाल
२८ असोज २०७७ २१:५७
1.1k
Shares

बेइजिङ (एजेन्सी)। चिनियाँ राष्ट्रपति शि जिनपिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार एक मिलिट्री बेसको अगुमनका क्रममा राष्ट्रपति शिले युद्धको तयारी गर्न हाई अलर्टमा रहन निर्देशन दिएका हुन्।

अमेरिका र भारतसँग तनाव चलिरहेका बेला राष्ट्रपति शिले दिएको यो अभिव्यक्तिले चिनियाँ सन्देश स्पष्ट पार्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

ताइबानलाई अमेरिकाले हालै हतियार दिने घोषणा गरेपछि चीन अमेरिकासँग क्रुद्ध बनेको छ। ताइबानलाई चीनले आफ्नो अंग मान्दै आएको छ। तर, ताइबानमा स्वतन्त्र सरकार, सेना छ। र ताइबानलाई अमेरिकाको समर्थन रहँदै आएको छ।

त्यसैले अमेरिकाले ताइबानलाई हतियार सहयोग गर्ने बताएको छ। तर, चीनलाई भने यो घोषणाले क्रद्ध बनाएको छ। साउथ चाइना सीमा तनाव चलिरहेको छ भने भारतसँग पनि सीमा क्षेत्रमा चीनको तनाव जारी छ। अमेरिकासँग नयाँ शीत युद्ध चलिरहेको छ। यस्तो बेला राष्ट्रपति शिले सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिनुलाई महत्वपूर्ण मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.