मोटो स्वर भएका पुरुष धोकेबाज हुन्छन्
काठमाडौं। मानिसको आवाजले उसको व्यक्तित्वमा पजिन प्रभाव पारिरहेको हुन्छ । पुरुषहरुको आवाजको बारेमा हालै एक अध्ययन गरिएको छ । यो अध्ययनको नतिजा हेर्दा महिलाहरु सावधान रहनुपर्ने देखिएको छ । किनकि सामान्यतया मोटो र भारी आवाज भएका पुरुषहरुप्रति महिलाहरु आकर्षित हुन्छन् तर अध्ययनले यस्ता पुरुषहरु धोकेबाज हुने देखाएको छ । अध्ययनले मोटो र भारी आवाज भएका पुरुषहरु भरोसा गर्न योग्य नहुने र आफ्नो पार्टनरलाई धोका दिने देखाएको छ ।
यो अध्ययन चीनको साउथवेष्टर्न युनिभर्सिटीले गरेको हो । अध्ययनको लागि धुम्रपान नगर्ने कैयौं पुरुषहरुलाई शब्दहरुको एक सूची पढ्नको लागि दिइयो । त्यसपछि आवाजको आवृत्ति र पिच बुझ्नको लागि यी शब्दहरुको विश्लेषण गरियो । त्यसपछि सम्बन्धहरुप्रति दृष्टिकोण जान्नको लागि उनीहरुको मनोवैज्ञानिक परीक्षण गरियो ।
डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार अध्ययनको नतिजामा मोटो र भारी आवाज भएका पुरुषहरु आफ्नो पार्टनरप्रति कम प्रतिबद्ध भएको र केहीले त आफ्नो पार्टनरलाई धोका दिइरहेको समेत खुलासा भयो । खासमा यी पुरुषहरुको आवाजबाट उनीहरुको सेक्स हर्मोन टेस्टोस्टेरोनको स्तरको बारेमा पत्ता लगाइयो । शोधकर्ताहरुले पाए कि कर्कश र तीब्र आवाज हुनेहरुको तुलनामा मोटो र गम्भीर आवाज भएका पुरुषहरुमा टेस्टोस्टेरोनको स्तर धेरै थियो ।
शोधकर्ताहरुका अनुसार टेस्टोस्टेरोनबाट कुनै व्यक्तिको विशेषताहरु र उसको व्यवहारको बारेमा पत्ता लगाउन सकिन्छ । भारी आवाज भएका पुरुषहरुमा टेस्टोस्टेरोनको स्तर धेरै हुन्छ त्यसैले महिलाहरु उनीहरुप्रति धेरै आकर्षित हुन्छन् । अध्ययनमा धेरै टेस्टोस्टेरोन भएका पुरुषहरुका सन्तान स्वस्थ हुने पनि पत्ता लागेको छ ।







डिसी नेपाल








Facebook Comment