शुक्रबारदेखि एनआरएनए मध्यपूर्वको सातौं क्षेत्रीय भेला,परराष्ट्रमन्त्रीले उद्घाटन गर्ने

डिसी नेपाल
२९ असोज २०७७ १४:४८
100
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रीय भेला आगामी शुक्रवार र शनिवार (अक्टोबर १६ र १७ ) हुने भएको छ।भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले डिसी नेपालालाई जानकारी दिए।

भर्चुअल माध्यमबाट दुई दिनसम्म चल्ने उक्त क्षेत्रीय भेलामा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अथिति रहने गुरुङले बताए । त्यस्तै भेलामा श्रममन्त्री रामेश्वर राय यादव तथा एनआरएनएका उच्चस्तरीय पदाधिकारीहरुको समेत सहभागीता रहनेछ।

भेला विशेषत: वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको समस्या, विदेशमा आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगाउन तथा मध्यपूर्वको लगानी स्वदेशमा कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने संयोजक गुरुङको भनाइ छ।

त्यस्तै कोरोना महामारीको कारणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पारेको असर, घरफिर्ती, रोजगारी र पुनएकीकरण पनि भेलाको मुृख्य एजेण्डा रहेको गुरुङले बताए ।

मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र यूएई पर्दछन्। यहाँ करिव ९० प्रतिशत नेपाली श्रमीकहरु कार्यरत छन्।

भेला एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारको संयोजनमा आयोजना गरिएको हो । यसअघि छैटौँ मध्यपूर्व क्षेत्रीय भेला यूएईको दुबईमा आयोजना गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.