गायिका आस्था राउतको गीत ‘यानी माया’को भिडियो सार्वजनिक
काठमाडौं । गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा महाराज थापाको एरेन्ज छ।
भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् । हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ।
भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment