भारतले मिसाइल आक्रमणका लागि अमेरिकी डाटा प्रयोग गर्न पाउने, चीनलाई रणनैतिक चुनौती
नयाँ दिल्ली। भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीबीचको बैठकमा बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रिमेन्ट (बेका) पूरा भएको छ । दिल्लीको हैदराबाद हाउसमा चलिरहेको बैठकमा बेका सम्झौता पूरा भएसँगै अब भारतले मिसाइल आक्रमणको लागि विशेष अमेरिकी डाटाको प्रयोग गर्न पाउनेछ । यसमा कुनै पनि क्षेत्रको सटिक भौगोलिक स्थितिको जानकारी हुन्छ । यो सम्झौतालाई चीनको लागि ठूलो रणनैतिक चुनौतीको रुपमा हेरिएको छ ।
Today’s U.S.-India 2+2 Ministerial was a success. The bond between our nations is built on the foundation of a longstanding friendship, partnership, and vibrant democratic traditions. Thank you @DrSJaishankar, @EsperDoD, and @rajnathsingh for yet another successful dialogue. pic.twitter.com/h9fy6c7lYz
— Secretary Pompeo (@SecPompeo) October 27, 2020
यो बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर सोमबार दिल्ली आएका थिए । उनीहरुले भारतीय विदेश मन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग वार्ता गरेर सहमति गरेका हुन् । भारत–चीन तथा अमेरिका–चीन सम्बनध बिग्रिएका बेला यसलाई चीनविरुद्धको रणनैतिक घेराबन्दीको रुपमा हेरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले समाचार एजेन्सी एएनआइसँग बैठकमा दुवै देशको रणनैतिक सम्बनध बलियो बनाउनेबारे छलफल भएको बताए ।







डिसी नेपाल








Facebook Comment