कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर : शंकर पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।
उनले आज बालेन नेतृत्वको मन्त्रिपरिषद्को निर्णय प्रतिशोधपूर्ण भएको भन्दै फिर्ता गर्न पनि माग गरे।
उनले सामाजिक सञ्जालमा लेखको छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर!, मन्त्री परिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर!’
यसअघि सचिव महेश बस्नेतले क्याविनेटको निर्णय अस्वीकार गर्दै प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्ने टिप्पणी गरेका थिए।
नवनियुक्त शाह सरकारले सुरक्षा संयन्त्रमाथिको कारबाही सिफारिस सम्बन्धमा अध्ययन समिति बनाउने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment