इरानमा कोरोनाभाइरसका संक्रमित बढे

डिसी नेपाल
११ कार्तिक २०७७ १८:५७
84
Shares

तेहरान । इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरुको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ ।

यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ । अरब देशहरुमा इरानमा सबैभन्दा ठूलो संख्यामा इरानमा कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सादात लारीले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६ हजार ९६८ रहेको पनि जानकारी दिइन् । उनले योसहित इरानमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ८२४ पुगेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.