विश्वभर २४ घण्टामा थपिए २ लाख ५० हजार नयाँ संक्रमित, कुल संक्रमितको संख्या ४ करोड ४० लाख

डिसी नेपाल
१२ कार्तिक २०७७ ६:४६
108
Shares

काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख पुगेको छ। तीमध्ये तीन करोड १० लाख २३ हजार ३३३ जना निको भएका छन् भने हालसम्म ११ लाख ६७ हजारले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजार १६४ जना नयाँ संक्रमित थपिएका छन्।

सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ८९ लाख ७९ हजार ३६० जना संक्रमित भएका छन्। तीमध्ये २ लाख ३१ हजार ३४४ जनाको मृत्यु भएको छ। अमेरिकामा ५८ लाख ४३ हजार ३०३ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ७९ लाख ७८ हजार ९७२ जना संक्रमित पुगेका छन् । ती मध्ये १ लाख १९ हजार ८७१ जनाको मृत्यु भएको छ भने भारतमा ७२ लाख ४२ हजार ९९५ जना निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५४ लाख १५ हजार ६७१ जना संक्रमित पुगेका छन् भने त्यहाँ १ लाख ५७ हजार ५२८ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४८ लाख ६५ हजार ९३० जना निको भएका छन्।

चौथो नम्बरमा रहेको रुसमा १५ लाख ४७ हजार ७७४ जना संक्रमित भएका छन्। रुसमा २६ हजार ५८९ जनाको मृत्यु भएको छ भने ११ लाख ५८ हजार ९४० जना निको भएका छन्।

ते




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.