मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित

डिसी नेपाल
१२ कार्तिक २०७७ १९:३९
132
Shares

काठमाडौं। मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित भएका छन्। मुख्यसचिब बैरागीले आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘म कोरोना पोजेटिभ भएको छु। मेरो सम्पर्कमा आउनु भएका महानुभावहरुलाई आवश्यक सुरक्षा अपनाउन अनुरोध गर्दछु।’ मुख्यसचिब बैरागीले आफ्नो स्वास्थ्यबारे भने केही जानकारी दिएका छैनन्।

मुख्यसचिब संक्रमित भएसँगै देशको सर्वोच्च प्रशासनिक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.