अफगानिस्तानमा झडप र बम विस्फोटमा दश तालिबानी लडाकू मारिए

डिसी नेपाल
१२ कार्तिक २०७७ २१:१४
60
Shares

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ ।

एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरु हालै मात्र जेल मुक्त भएका थिए । अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकूलाई जेल मुक्त गरिएको थियो ।

काबुलमा अधिकारीहरूले रिहा गरेका कैदीहरूमध्ये एक कमाण्डरसहित कम्तीमा पाँच जना तालिबानी मारिएका स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार बताएका छन् ।

कोचीले हालै जेल मुक्त भएका ५ हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा जानकारी दिएका छन् ।

अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी पाँच तालिबान लडाकू मारिनुको साथै अरु दुई तालिबानी लडाकू घाइते भएका कोचीले बताएका छन् ।

उत्तरपूर्वी अफगान प्रान्तको कुन्दुज प्रान्तमा बम विस्फोटको एउटा अर्को घटनामा पाँच तालिबानी लडाकूको मृत्यु भएको छ ।

तरनाब इलाकामा भएको एक बम बिष्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित पाँच जना तालिबानी लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका अफगान सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस घटनाको विषयमा तालिबानी लडाकू समूहले केही टिप्पणी भने गरेका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.