कोरोना महामारीकाबीच बिहारमा विधानसभा चुनाव

डिसी नेपाल
१२ कार्तिक २०७७ २३:०३
124
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतको बिहार विधान सभा निर्वाचनमा पहिलो चरणको मतदान बुधबार सम्पन्न भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार पहिलो चरणमा ७१ सिटका लागि मतदान भएको छ।

कोरोना महामारीकाबीच भारतमा पहिलो निर्वाचन भएको हो। ५३.५४ प्रतिशत भोटिंग भएको भारतीय निर्वाचन आयोगकको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बिहार विधानसभामा सत्तारुढ गठबन्धन एनडीए र विपक्षीहरुको महागठबन्धनबीच प्रतिष्पर्धा भइरहेको छ।

मुख्यमन्त्री नितिस कुमारविरुद्ध ३१ वर्षीय तेजस्वी यादव विपक्षीहरुको मुख्यमन्त्रीका उम्मेदवार बनेका छन्। सत्तारुढ गठबन्धनमा नितिस कुमारको जनता दल यूनाइटेड, केन्द्रीय सत्तारुढ दल भाजपा, जितनराम माझीको दललगायत छन् भने महागठबन्धनमा काँग्रेस आई, तेजस्वी यादवको राष्ट्रिय जनता दल यूनाइटेड र कम्युनिष्ट पार्टीहरु छन्। यस्तै पहिला एनडीए गठबन्धनमै रहेको चिराग पासवानको दल नितिस कुमारविरुद्ध चुनावी मैदानमा छ।

बिहारमा तीन चरणमा मतदान हुने छ। मतगणना आगामी नोभेम्बर १० हुने जनाइएको छ। बिहारमा लगातार चौथो कार्यकालका लागि नितिस कुमार चुनावी मैदानमा छन्। उनलाई यो पटक सत्ताविरोधी लहरले तनाव दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उता बिहारका ७१ सिटमा बुधबार मतदान हुँदा दोस्रो चरणमा मतदान हुने क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस आईका नेता राहुल गान्धीले चुनावी सभा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.