शार्ली एब्दोमा छापिएको कार्टुनले टर्की क्रोधित, भारत र पाकिस्तान पनि भिडे

डिसी नेपाल
१२ कार्तिक २०७७ २३:२४
1.9k
Shares

अंकरा (एजेन्सी)। फ्रान्स र टर्कीबीच हालका दिनमा सम्बन्धमा तिक्तता बढेको छ। पहिला फ्रान्सले ग्रिसको समर्थन गरेपछि सम्बन्ध टर्की र फ्रान्सको सम्बन्धमा तिक्तता आएको थियो। पछिल्लो समय फ्रान्सका राष्ट्रपति इनामुएल म्याक्रोले इस्लाम धर्मप्रति लिएको नीतिका कारण फ्रान्स र टर्कीबीच तनाव बढेको छ।

फ्रेन्च राष्ट्रपति म्याक्रोले इस्लाम कट्टरपन्थीविरुद्ध अभियान शुरु गर्ने नीति लागू गरेपछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोगानले फ्रेन्च सामान बहिस्कारको घोषणा गरेका थिए। उनले म्याक्रोको मानसिक स्वास्थ्य जाँच हुनुपर्नेसमेत बताएका थिए।

यहीबीचमा फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्दोको करभरमा प्रकाशित कार्टूनपछि टर्की र फ्रान्सबीच थप तनाव बढेको छ। शार्ली एब्दोमा छापिएको कार्टून घृणाको परकाण्ठा भएको भन्दै टर्कीले कानूनी र कूटनीति उपचार खोजिने बताएको छ।

कार्टूनमा टर्कीस राष्ट्रपति रेचेपले एकहातमा बियर समातेको र अर्को हातले हिजाव लगाएकी महिलाको स्कर्ट उचाल्दै गरेको चित्रण गरिएको छ।

यहीबीचमा मुस्लिम देश पाकिस्तानले इस्लामविरुद्ध पश्चिमा मुलुकहरुले चलाएको अभियानका विरुद्ध विश्वका सबै मुस्लिम देशहरुलाई एकजुट हुन आव्हान गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक पत्र लेख्दै विश्वका मुस्लिम देशहरुलाई एकजुट हुन आव्हान गरेका हुन्।

उनले पश्चिमा देशहरुमा इस्लामोफोबिया भएको भन्दै इस्लाम धर्मविरुद्ध पश्चिमा देशहरुले घृणा फैलाएको आरोप लगाएका छन्।

उता भारतले यो प्रकरणमा फ्रान्सको समर्थन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तान र टर्की निकटका मित्र राष्ट्र हुन्। टर्कीका राष्ट्रपति रेचेपले भारतले जम्मू कश्मीरबारे गरेको निर्णयको पनि विरोध गरेका थिए। यस्तो अवस्थामा भारतले फ्रान्सको समर्थन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.