फ्रान्समा फेरि आतंकवादी आक्रमणः महिलाको टाउको काटियो, चर्चबाहिर २ जनालाई मारियो

डिसी नेपाल
१३ कार्तिक २०७७ १७:०८
17.8k
Shares

काठमाडौं। फ्रान्समा १५ दिनभित्र दोस्रो पटक आतंकवादी आक्रमण भएको छ । नीस शहरमा एक आक्रमणकारीले एक महिलाको टाउको छिनाइदिएका छन् भने अन्य २ जनालाई चर्चबाहिर चक्कु प्रहार गरेर हत्या गरेका छन् । बीबीसीको रिपोर्टअनुसार नीसका मेयर क्रिस्टियन एट्रोसीले यसलाई आतंकवादी घटना भनेका छन् । उनले आरोपीलाई गिरफ्तार गरिएको बताएका छन् ।

केही दिन पहिले फ्रान्समा कक्षा कोठामा पैगम्बर मोहम्मदको कार्टुन कक्षाकोठामा देखाएका कारण एक शिक्षकको हत्या गरिएको थियो । त्यसपछि फ्रान्स सरकारले इस्लामिक संगठनहरुविरुद्ध कडा कारवाही गरिरहेको छ । यससँगै विश्वका कैयौं देशहरुमा फ्रान्सको आलोचना भइरहेको छ र यसविरुद्ध प्रदर्शन पनि भइरहेका छन् । खासगरी मुस्लिम देशहरु फ्रान्सविरुद्ध उभिएका छन् ।

रिपोर्टअनुसार नीस शहरमा चक्कु आक्रमणको घटना बिहीबार भएको हो । आक्रमणकारीले नोट्रे ड्याम चर्च नजिकै अचानक मानिसहरुमाथि चक्कुले आक्रमण गरेका थिए । यो क्षेत्र शहरको बीचमा छ । गृहमन्त्री ने गेराल्डले नागरिकहरुसँग सकेसम्म यो क्षेत्रमा नजान भनेका छन् ।

यो घटनापछि फ्रान्समा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाइएको थियो । संसदमा यो घटनाको विरोधमा २ मिनेटको मौनधारण पनि गरियो । प्रधानमन्त्री जीन कास्टेक्सले भने ‘आतंकवाद हाम्रो देशको लागि निकै ठूलो चुनौती बनेको छ । यससँग कडा कदमका साथ जुध्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.