बाँदरको श्रमशोषणको आरोप लागेपछि नरिवलजन्य उत्पादनको बिक्रीवितरण रोकियो

डिसी नेपाल
१४ कार्तिक २०७७ ९:४४
1.1k
Shares

काठमाडौं। बाँदरको श्रम शोषणको आरोप लागेपछि कोस्टको कम्पनीले थाइल्याण्डमा बन्ने नरिवलजन्य उत्पादनको बिक्रीवतरण बन्द गर्नुपरेको छ । युएसए टुडेका अनुसार जनावरको अधिकारका लागि काम गर्ने संस्था पेटाले २०१९ देखि यस प्रकारका जनावरमाथि हुने हिंसाबारे जाँच गरिरहेको छ र उसले खुद्रा बिक्रेताहरुलाई यस्ता उत्पादनहरु बिक्री नगर्न भनेको छ ताकि जनावरमाथि हुने हिंसा रोक्न सकियोस् ।

‘कुनै पनि असल पसलेले बाँदरहरुलाई नरिवल टिप्ने मेसिनको रुपमा प्रयोग गरियोस् भन्ने चाहँदैनन्’ पेटाका अध्यक्ष इन्ग्रिड न्यूकिर्कले एक वक्तव्यमा भनेका छन् । उनले कोस्टकोले नरिवलजन्य उत्पादनको बिक्रीवतरण बन्द गरेर सही निर्णय गरेको बताएका छन् । पेटाको अनुसन्धानमा भएको खुलासा अनुसार लामबद्ध बाँदरहरुले दिनमा ४ सय नरिवल टिप्न सक्छन् । त्यसपछि उनीहरुलाई अर्को दिनको सिफ्ट सुरु नहुँदासम्म खोरमा थुनेर राखिन्छ । ‘कुनै कुरा कानुनी रुपमा वैध र स्वीकार्य छ भन्दैमा ठिक छ भन्ने हुँदैन’ पेटाका व्यवसायिक उत्तरदायित्व अधिकारी केन्ट स्टेनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.