मलेसियाका पूर्व प्रधानमन्त्रीले ‘मुस्लिमहरुसँग फ्रेन्चहरुलाई मार्ने अधिकार छ’ भनेपछि बबाल

डिसी नेपाल
१४ कार्तिक २०७७ ११:४३
51.1k
Shares

काठमाडौं। फ्रान्समा पछिल्लो समय भइरहेको मुस्लिमहरुको विरोध र मुस्लिम आतंकवादीले फ्रेन्च नागरिकको हत्या गरेको घटनापछि यहाँ स्थिति तनावग्रस्त भएको छ । पैगम्बर मोहम्मदको कार्टुन बनाएपछि सुरु भएको विवादपछि यहाँ ४ जना फ्रेन्च नागरिकको हत्या भइसकेको छ र फ्रान्सले मुस्लिमहरुमाथि कडा कारवाही थालेको छ । यही कारण फ्रान्स र टर्कीबीच कडा विवाद चलिरहेको छ । यही बीचमा मलेसियाका पूर्व प्रधानमन्त्रीले आपत्तिजनक टिप्पणी गरेपछि यसले अर्को बबाल खडा भएको छ ।

अल जजीराको रिपोर्टअनुसार मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले बिहीबार दर्जनौं ट्वीट गर्दै फ्रान्सको कडा निन्दा गरेका थिए । सिलसिलेवार ट्वीटको क्रममा महाथिरले ‘मुस्लिमहरुसँग रिसाउने र लाखौं फ्रेन्च नागरिकको हत्या गर्ने अधिकार भएको’ भन्दै ट्वीट गरेपछि यसले बबाल खडा गरेको हो । महाथिरले फ्रान्समा अहिलेसम्म हजारौंलाई मारिएको र तीमध्ये कैयौं मुस्लिम भएको बताएका छन् । महाथिरले फ्रान्सले आफ्ना नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ भन्ने कुरा सम्झाउनुपर्ने पनि बताए । मुस्लिमहरुले फ्रान्समा ‘आँखाको बदलामा आँखा’को कानुन प्रयोग नगरेको भन्दै महाथिरले फ्रेन्चहरुले पनि यस्तो गर्न नहुने बताए ।

महाथिरका यी ट्वीटपछि विश्वभर यसको निन्दा हुन थाल्यो । केही समयपछि ट्वीटरले महाथिरका ट्वीटहरुमध्येबाट त्यो ट्वीट हटाइदियो जसमा उनले मुस्लिमहरुले फ्रेन्चहरुलाई मार्ने अधिकार भएको बताएका थिए । फ्रान्समा पछिल्लो समय चर्किएको विवादका बीच बिहीबार नाइस शहरमा एक आक्रमणकारीले चर्चमा आक्रमण गरेर ३ जनाको हत्या गरेका छन् । विश्वभरीका नेताहरुले यो आक्रमणको निन्दा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.