यी किशोरको रातभर नसुतेर वेब सिरिज हेर्ने बानीले कसरी बचायो ७५ जनाको ज्यान ?
काठमाडौं। १८ वर्षका किशोरको रातभरी नसुतेर वेब सिरिज हेर्ने बानीले झण्डै ७५ जनाको ज्यान बचाएको छ । ती किशोरका कारण एउटा भवनमा बस्ने करिब ७५ जना निवासी समयमै घरबाट बाहिर निस्किन सफल भए । उनीहरु भवनबाट बाहिर निस्किएको केही समयमै त्यो भवन पूरै भत्कियो । मुम्बइको डोंबिवती क्षेत्रमा त्यही घरमा बस्ने ती १८ वर्षका युवक भवन भत्किन सुरु गर्दासम्म नसुतेर वेब सिरिज हेर्दै बसेका थिए ।
हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार डोंबिवलीको कोपर क्षेत्रमा ४२ वर्ष पुरानो आवासीय भवन शनिबार बिहान करिब साढे ४ बजे भत्किएको थियो । यो भवनमा १८ परिवारका करिब ७५ जना बस्थे । एक अधिकारीका अनुसार भवनमा भएका सबै समयमै बाहिर निस्किन सफल भएपछि उनीहरुको ज्यान बचेको थियो । समाचार एजेन्सी एएनआइका अनुसार ती सबै बाहिर निस्किन एक किशोरका कारण सम्भव भएको थियो । ती किशोर त्यही भवनमा बिहानसम्म नसुतेर वेब सिरिज हेरिरहेका थिए ।
Maharashtra: 75 occupants of a 2-storey building in Kopar, Dombivli saved by a young boy as building collapsed on 29th Oct early morning.
“While watching web-series till dawn, I saw part of kitchen falling down & alerted everyone to vacate the building,” says 18-yr old Kunal pic.twitter.com/p2b6qOMSr2
— ANI (@ANI) October 30, 2020
कुणाल मोहिते नामका ती किशोरका अनुसार वेब सिरिज हेर्ने क्रममा उनले आफ्नो किचनको केही भाग भत्किएको देखे त्यसपछि उनलाई पूरै भवन भत्किन लागेको आभास भयो । उनले आफ्नो परिवार र भवनमा रहेका अरुलाई समेत तत्काल भवन खाली गर्न सचेत बनाए । त्यतिबेला धेरैजसो मानिसहरु सुतिरहेका थिए । डोंबिवली वार्ड अधिकारी भरत पवारका अनुसार केही मिनेटमै भवनको एक भाग पूरै ढल्यो ।
रिपोर्टका अनुसार यो भवन केडीएमसीको जोखिमपूर्ण भवनको सूचीमा थियो । केडीएमसीले ४ वर्ष पहिले नोटिस जारी गरेर यो भवन खाली गर्न भनेको थियो । कल्याण–डोंबिवली नगर निगमका अधिकारीहरुका अनुसार रात परेसँगै भवनको प्लास्टर भत्किन सुरु भएको थियो तर त्यहाँका बासिन्दाले त्यसलाई बेवास्ता गरे । गत महिना मात्र भिंवडीमा ४५ वर्ष पुरानो भवन यसैगरी भत्किँदा ३८ जनाको ज्यान गएको थियो ।







डिसी नेपाल








Facebook Comment