फ्रान्समा फेरि आक्रमण, चर्चका पादरीलाई गोली हानियो
काठमाडौं। फ्रान्समा फेरि आक्रमण भएको छ । यसपटक लियोन शहरमा पादरीमाथि गोली हानिएको छ । पुलिसले आक्रमणकारीको खोजी गरिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार पादरीमाथि बेलुकी ४ बजे २ पटक आक्रमण भएको थियो । चर्च बन्द गर्न लागेको बेला पादरीमाथि आक्रमण भएको हो । घाइते पादरीलाई अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि केही दिनअघि मात्र फ्रान्सको नीस सहरमा एक चर्चमा एक महिला समेत तीन जनाको हत्या भएको थियो । आक्रमणकारीले महिलाको घाँटी छिनाइदिएका थिए । फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन बनाइएपछि विवाद सुरु भएको थियो । यो विवादका बीच फ्रान्समा पटक पटक आक्रमण भइरहेको छ । पैगम्बर मोहम्मदको कार्टुन कक्षा कोठामा देखाएपछि यसअघि पेरिसको उपनगरीय क्षेत्रमा एक शिक्षकको पनि हत्या भएको थियो ।
यो घटनापछि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्दै कार्टुनको बचाउ गरेका थिए । तर, विश्वभरीका अधिकांश मुस्लिम देश भने फ्रान्सविरुद्ध उत्रिएका छन् । राष्ट्रपति म्याक्रोनले अभिव्यक्ति स्वतन्त्रताको नाममा कार्टुनको बचाउ गरेपछि उनको तीब्र विरोध भइरहेको छ ।







डिसी नेपाल








Facebook Comment