शाहरुख खानका कारण जब ऐश्वर्या रायलाई धमाधम फिल्मबाट हटाउन थालियो…
मुम्बइ। बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री ऐश्वर्या रायले कैयौं फिल्ममा साथमा काम गरेका छन् । तर, बलिउड यस्तो उद्योग हो जहाँ कहिले सम्बन्धको समीकरण बिग्रिन्छ भन्ने बताउन निकै कठिन छ । ऐश्वर्या राय र शाहरुख खानको सम्बनधमा पनि यस्तो समय आएको थियो । ऐश्वर्या स्वयंले एक अन्तरवार्ताको क्रममा यसबारे खुलासा गरेकी थिइन् ।
ऐश्वर्या रायको करिअरमा एक समय यस्तो थियो जतिबेला उनलाई धमाधम फिल्महरुबाट निकालिएको थियो । आश्चर्यको कुरा त के भने कुनै पनि फिल्म निर्माताले उनलाई निकाल्नुको प्रस्ट कारण बताएका थिएनन् । यस्तोमा जब सिमी ग्रेवालले ऐश्वर्यासँग यसबारेमा सोध्दा पनि उनले केही बताउन सकेकी थिइनन् ।
अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘अब मैले यो प्रश्नको जवाफ कसरी दिउँ । हो, यो सत्य हो कि त्यो समय मैले केही फिल्ममा उहाँसँग काम गर्ने मौका पाएकी थिएँ । तर अचानक केही पनि भएन । कुनै स्पष्टीकरण दिइएन । मलाई थाहा छैन कि यस्तो किन भयो ।’
ऐश्वर्याले कुरा गरेका फिल्महरुमध्ये एक सुपरहिट फिल्म वीर जारा पनि हो । यो फिल्ममा पनि पहिले ऐश्वर्यालाई कास्ट गरिएको थियो तर पछि ऐश्वर्यालाई रिप्लेस गरेर प्रिती जिन्टालाई ल्याइयो । यस्ता फिल्म अरु पनि थिए जसमा ऐश्वर्यालय शाहरुखसँग काम गर्ने तय थियो तर पछि ऐश्वर्यालाई रिप्लेस गर्दै अर्कै हिरोइन ल्याइयो । यस बारेमा स्वयं शाहरुखले एक अन्तरवार्तामा दुःख व्यक्त गरेका थिए ।
शाहरुखले अन्तरवार्ताका क्रममा आफू ऐश्वर्याको निजी जिन्दगीमा धेरै सक्रिय भएको र आफूले यस्तो गर्न नहुने स्वीकार गरेका थिए । ऐश्वर्याले पनि यी फिल्महरु आफूले नछोडेको र निर्माण पक्षले नै आफूलाई निकालेको बताएकी थिइन् । ऐश्वर्याले आफू धेरै वादविवाद मन नपराउने भएकोले पछि फिल्म निर्माण पक्षसँग यस विषयमा नसोधेको बताएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment