किसानलाई उनीहरुका गाई र घोडासँग यौनसम्बन्ध राख्न दिन अनुरोधसहित पत्र आएपछि…
काठमाडौं। केही मानिसहरुको मानसिकता अत्यन्तै विकृत हुन्छ । उनीहरु यस्ता कामहरु गर्छन् जुन कामबारे सामान्य मानिसले सोच्न पनि सक्दैनन् । यस्तै विकृत मानसिकता भएका अमेरिकाको न्यूजर्सीका एक युवकलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ । ३२ वर्षका ती व्यक्तिले त्यहाँका किसानहरुलाई आफूले ती किसानहरुले पालेका गाई र घोडासँग यौन सम्बन्ध राख्न चाहेको भन्दै पत्र र इमेल पठाएका थिए । किसानहरुले उनको अनुरोध अस्वीकार गरेपछि ती व्यक्तिले किसानहरुलाई धम्क्याएका थिए ।
न्यूजर्सीको प्रमुख अनलाइन मिडिया एनजे डटकमका अनुसार वेर्नोन टाउनशिपका रिचर्ड डेकर नामका ती व्यक्तिले ससेक्स काउन्टीमा रहेका किसान र तबेलाहरुलाई गत वर्षको जुलाइ र अक्टोबरमा आफ्नो विकृत अनुरोधसहित पत्र र इमेल पठाएका थिए । अदालतको दस्तावेजलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार एकपटक उनलाई ती जनावरसँग एक्लै जान नदिइएपछि उनले एक फार्ममा गएर एक महिलालाई लाठीले कुट्ने धम्की समेत दिएका थिए ।
वेर्नोन पुलिसले २०१९ को सुरुवातमै आफ्नो अनुसन्धान थालेको थियो जतिबेला त्यहाँका किसानहरुले आफूहरु गाडी लिएर हिँड्ने बाटोमा कसैले स्पाइकहरु (एकप्रकारको औजार जसले गाडीको टायर पन्चर गर्न सकियोस्) राखिदिएको गुनासो गरेका थिए । ससेक्स काउन्टी प्रोसिक्युटरको कार्यालयका अनुसार यी काम डेकरले गरेका थिए । पुलिसका अनुसार डेकरको घरमा छापा मार्दा स्पाइकहरुसहित विसिभन्न हतियारहरु बरामद भएका छन् ।
डेकरको घरमा २२ क्यालिबरको बन्दुक पनि भेटिएको थियो जुन उनले आफैंले बनाएको बताएका छन् भने टुप्पोमा विष्फोटक जडान गरेर तयार गरिएका २ वटा तीर पनि बरामद भएका छन् । अदालतको दस्तावेजअनुसार डेकरले त्यो विष्फोटक आफूले पटाकाहरु खोलेर निकालेको बताएका छन् । डेकरको साथबाट बालबालिकाको यौनजन्य सामग्री पनि बरामद भएको प्रोसिक्युटरको कार्यालयले जनाएको छ ।
डेकरलाई गएको अप्रिलमा विध्वंसात्मक उपकरण राखेको, बन्दूकजन्य हतियार उत्पादन गरेको, बालबालिकाको हितलाई खतरामा पारेको, जनावरमाथि क्रुरताको प्रयास गरेको, आपराधिक बदमासी गरेको र साइकर उत्पीडन गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । शुक्रबार उच्च अदालतका न्यायाधीश लुइस सेउसीले डेकरलाई ३ वर्षको जेल सजाय सुनाएका हुन् । जेल सजायमध्ये उनले यसअघि नै ३९३ दिन अदालतमा मुद्दाको पुर्पक्षको क्रममा जेलमा बिताइसकेका छन् । डेकरलाई त्यहाँका फार्म वा तबेलाहरुसँग कुनै सम्पर्क नगर्न पनि निर्देशन दिइएको छ ।







डिसी नेपाल








Facebook Comment