जो बाइडेनका छोराको कर्तुतः अश्लील फिल्म र डान्स क्लवमा गएर उडाए लाखौं रकम
काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भिडिरहेका उम्मेदवार जो बाइडेनका छोरा हन्टर बाइडेनको कर्तुत सार्वजनिक भएको छ । यससँगै अहिले हन्टर बाइडेन मिडियामा चर्चामा छन् । हन्टरको एउटा पुरानो ल्यापटपको डाटा लिक भएको छ जसबाट उनको जीवनका कैयौं कर्तुत सार्वजनिक भएका छन् ।
डेलीमेलमा प्रकाशित समाचार अनुसार हन्टर बाइडेनले एक रातमै न्यूयोर्कको एक स्ट्रिप क्लवमा ११ हजार ४ सय डलर (१३ लाख ६० हजार रुपैयाँ) उडाएका थिए । यस्तै एक बिलबाट उनले पोर्न साइटमा पनि लाखौं खर्च गरेको खुलासा भएको छ । बिलका अनुसार उनले पोर्न वेबसाइटमा लाइभ शो हेर्नको लागि २१ हजार डलर (२५ लाख रुपैयाँ) खर्च गरेका थिए ।
रिपोर्टका अनुसार उनको ल्यापटपमा यस्ता सामग्रीहरु भेटिएका छन् जो कुनै उनको विरोधी व्यक्तिको हातमा परेको भए उनलाई ब्ल्याकमेल गर्न सकिन्थ्यो । लिक भएको डाटा अनुसार ५० वर्षका हन्टरले एक रातमै होटलका फरक फरक कोठामा बस्नको लागि पैसा तिरेका थिए । केही तस्वीरहरु यस्ता देखिन्छन् जसमा हन्टरले कोकिन पिउँदै गरेको र अज्ञात महिलासँग शारीरिक सम्बन्धमा रहेको प्रतित हुन्छ ।
हन्टरको पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । सम्बन्धविच्छेदको केस चल्दै गर्दा पनि उनीमाथि ड्रग्स, मदिरा, वेश्यावृत्ति, स्ट्रिप क्लव र शारीरिक सम्बन्ध राख्ने महिलाहरुलाई गिफ्ट दिनको लागि धेरै पैसा खर्च गरेको आरोप लागेको थियो । हन्टरका पिता तथा अहिले राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन २००९ मा अमेरिकाको उपराष्ट्रपति निर्वाचित भएका थिए । यस क्रममा हन्टरले अमेरिकी सरकारले दिएका सुरक्षाकर्मीलाई आफूसँग नपठाउन भनेका थिए ताकि उनलाई पूरै छुट होस् ।







डिसी नेपाल








Facebook Comment