जब गौरीलाई खोज्दै शाहरुख खान मुम्बइको समुद्र किनारमा भौंतारिनुपर्यो…
मुम्बइ। शाहरुख खान र गौरी खान बलिउडका सर्वाधिक चर्चित जोडीमध्ये एक हुन् । यी दुईको विवाह भएको २९ वर्ष भइसकेको छ । तर, एक पटक यी दुईको जीवनमा यस्तो समय आयो जब शाहरुख गौरीलाई खोज्दै भौंतारिनुपरेको थियो । शाहरुखले आफ्नो ५५ औं जन्मदिनको बेलामा यो घटनाबारे बताएका थिए । त्यतिबेला गौरी शाहरुखलाई छोडेर दिल्लीबाट मुम्बइ पुगेकी थिइन र शाहरुख र गौरीलाई खोज्दै मुम्बइका सडक र समुद्र किनार भौंतारिएका थिए ।
२०१९ मा हलिउड टिभी होस्ट डेभिड लेटरम्यानको शो द नेक्स्ट गेस्ट निड्स नो इन्ट्रोडक्सनमा शाहरुख खान सहभागी भएका थिए । यो शोमा शाहरुखले आफू गौंरीलाई खोज्दै मुम्बइ भौंतारिएको घटनाबारे बताएका थिए । यो घटना शाहरुखको कलेजको समयको हो । त्यतिबेला उनी दिल्लीमा बस्थे र उनको साथीहरुसँग सी ग्रुप थियो । त्यतिबेला शाहरुख सी सेक्सनमा थिए र उनीहरु आफूलाई कूल मान्थे त्यसैले ग्रुपको नाम सी राखिएको थियो ।
शाहरुख र गौरी त्यतिबेला प्रेममा थिए । यही बीचमा गौरी शाहरुखलाई छोडेर मुम्बइ पुगिन् । शाहरुखलाई गौरी मुम्बइमा कहाँ छिन् भन्ने थाहा थिएन । शाहरुखले सी ग्याङसँग मुम्बइ जाने योजना बनाए । शाहरुखलाई आफू हिरोजस्तै मुम्बइ जाने र गौरी दौंडिँदै आउने लागेको थियो तर यस्तो भएन । शाहरुखलाई मुम्बइ जाने बेला मुम्बइ कति ठूलो शहर छ भन्ने थाहा थिएन । गौरीलाई पौडी खेल्न मन पर्ने भएकोले शाहरुखले गौरीलाई समुद्रकिनारमा खोज्ने सोचेका थिए ।
शाहरुख समुद्र किनारमा गौरीलाई खोज्न थाले तर भेटिइनन् । त्यसपछि शाहरुखले एक ट्याक्सी ड्राइभरलाई भेटे जसले उनलाई मुम्बइमा एकभन्दा धेरै बीच भएको बताए । त्यसपछि शाहरुखले आफूसँग ४ सय रुपैयाँ भएको र त्यति पैसाले जति समुद्र किनारमा जान सकिन्छ त्यहाँसम्म पुर्याउन भने । ती ट्याक्सी ड्राइभरले शाहरुख र उनका साथीहरुलाई समुद्र किनारमा लैजाने काम गरे ।
घुम्दाघुम्दा शाहरुखले गौरीलाई भेट्न सकेनन् । उनका साथीहरु पनि शाहरुखसँग रिसाउन थालेका थिए । अन्ततः शाहरुखले साथीहरुलाई अन्तिम एउटा बीचमा खोज्न फकाए । अन्तिम बीचमा जाँदा शाहरुखले अन्ततः गौरीलाई भेटे । गौरीका अनुसार शाहरुख त्यतिबेला निकै शंकालु थिए त्यसैले गौरी उनलाई छाडेर गएकी थिइन् । तर, जब उनीहरु भेटे त्यसपछि उनीहरु कहिल्यै छुट्टिएनन् ।







डिसी नेपाल








Facebook Comment