पछिल्लो विवादबारे ‘मुन्द्रे’ बोले, ‘समाचारमा आएजस्तो हाम्रो टिममा मनमुटाव छैन’
काठमाडौं । पछिल्लो समय चलचित्र क्षेत्रका चर्चित अनुहारहरु एकपछि अर्को गर्दै विवादमा तानिए । नायिकाहरुको बोली चिप्लिएपछि त्यसले उनीहरुलाई विवादित बनायो । महानायक को ? भन्ने विषयले अझ ठूलै रुप लियो ।
दीपाश्री निरौलाले अभिनेता राजेश हमालको विषयमा दिएको एक अभिव्यक्तिपछि अभिनेता हमालका फ्यानहरुले उनलाई सामाजिक संजालमा निकै लखेटे । दीपाश्रीको एक अभिव्यक्तिले केही कलाकारहरुलाई प्रत्यक्ष असर समेत ग¥यो । त्यो असर विस्तारै अहिले देखिँदै गएको छ ।
केही समयअघि कोरोनाबाट जोगिन सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसका कारण स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरु भयो । जसलाई ‘सिजन २’ भनिएको छ । पहिलो सिजनमा अध्यक्षता गर्दै आएकी दीपाश्रीलको ठाउँमा अभिनेत्री करिश्मा मानन्धरलाई अध्यक्षता दिइएको छ । महानायकबारे दिएको अभिव्यक्तिले विवादमा परेपछि निर्माण टिमले दीपाश्रीलाई हटाएको भन्ने चर्चा सिने जगतमा चल्यो । त्यसले मिडियामा पनि राम्रै स्थान पाएको थियो।
अहिले त्यसको असर जितु नेपाललाई पनि परेको छ । ‘शो’बाट दीपाश्रीलाई हटाएपछि अहिले जितु नेपाल ‘छक्का पञ्जा’को टिमबाट बाहिरिएको भन्ने चर्चाहरु सिने जगतमा चल्न थालेका छ । दीपाश्रीलाई ‘मुन्द्रेको कमेडी क्लबबाट’ हटाएपछि ‘छक्का पञ्जा’ टिमले पनि जितुको ठाउँमा नयाँ कलाकार राख्ने तयारी भइरहेको हल्लाहरु चल्न थालेका छन् ।
जसकारण अहिले जितु नेपाल र छक्का पञ्जा टिमबीच सम्बन्ध बिग्रिदैँ गएको चर्चा छ । यो विषयमा जितुसँग कुरा गर्दा उनले भने, ‘समाचारमा आएजस्तो केही हाम्रो टिममा कुनै पनि मनमुटाव भएको छैन। तिललाई पहाड नबनाएकै भए हुने। हामी अहिले पनि पहिले जस्तै छौं।’







डिसी नेपाल








Facebook Comment