आकाशबाट पैसाको वर्षा, सडकमा बर्सिए ३५ लाख रुपैयाँ बराबरका नोट

डिसी नेपाल
१८ कार्तिक २०७७ ९:५९
6.3k
Shares

काठमाडौं। ड्रग्सको दुरुपयोग कैयौं मानिसहरुकाने लागि निकै खतरनाक हुन्छ । चीनमा भने एक व्यक्तिले डग्सको दुरुपयोग गर्नु त्यहाँका कैयौं मानिसहरुको लागि फाइदाको विषय बनेको छ । चीनमा २९ वर्षका बो नामका व्यक्तिलाई पक्राउ गरिएको छ । उनले मेथ नामको लागूपदार्थ सेवन गरेपछि आफ्नो बाल्कोनीबाट बाहिर पैसा उडाउन थालेका थिए ।

स्थानीय मिडियालाई उद्धृत गर्दै डेलीमेलमा प्रकाशित समाचारअनुसार आकाशबाट पैसाको वर्षा हुनज थालेपछि त्यहाँको सडकमा ट्राफिक जाम भयो । सडकमा मानिसहरुबीच पैसा टिप्ने होडबाजी चल्यो । पुलिसले पैसा उडाउने व्यक्तिलाई पक्राउ गरेको छ र उनीमाथि लागूऔषध दुरुपयोगको मुद्दा चलाइएको छ ।

यो घटना दक्षिण पश्चिम चीनको शहर शापिंग्बामा भएको हो । चीनको माइक्रोब्लगिङ साइट वीबोमा त्यहाँको पुलिसले लेखेको छ ‘दिउँसो करिब साढे १ बजे २९ वर्षका शापिंग्बा जिल्लाका व्यक्ति बोले आफ्नो घरमा मेथ ड्रग्सको सेवन गरे र यसको प्रभावमा आएर बाल्कोनीबाट पैसा बाहिर फाल्न थाले ।’

बोले बिल्डिङको ३० औं तल्लामा रहेको आफ्नो फ्ल्याटबाट पैसा फलिरहेका थिए । आकाशबाट पैसाको वर्षा भइरहेको देखेर बाटोमा हिँड्नेहरुले भिडियो बनाउन थाले । पछि यसको सूचना पुलिससम्म पुग्यो । प्रशासनले बोले करिब ३५ लाख रुपैयाँ बराबर पैसा बाल्कोनीबाट तल फ्याँकेको बताएको छ । पैसा फ्याँक्नेहरुले पैसा फिर्ता गर्ने अपेक्षा गरिएको छ तर पुलिसले यस विषयमा कुनै आधिकारिक अनुरोध गरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.