एनआरएनएद्वारा सरकारलाई १० हजार एन्टिजेन किट सहयोग

डिसी नेपाल
१९ कार्तिक २०७७ १९:०८
148
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट सहयोग गरेको छ । कोरोना भाइरस परीक्षणको नतिजा १५ मिनेटमै दिने १० हजार एन्टिजेन किट सरकारलाई सहयोग गरिएको संघका अध्यक्ष कुमार पन्तले डिसी नेपाललाई जानकारी दिए।

उक्त किट संघलाई जापानको फुजिरियो होल्डिङ्स् कम्पनीले उपलब्ध गराएको हो । जसका लागि जापानमा व्यवासायी गर्ने संघका प्रतिनिधि कपिलदेव थापाले विशेष पहल गरेका थिए।

‘हाम्रा जापानस्थित प्रतिनिधि कपिलदेव थापा जीको विशेष पहलमा संघलाई १० हजार एन्टिजेन किट प्राप्त भएको थियो । भोलि नै हामीले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरणदै गर्दैछौँ,’ उनले भने ।

किटको मूल्य १ करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको संघले जनाएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा महामारी नियन्त्रणका लागि यसले सहयोग पुग्ने पन्तले विश्वास व्यक्त गरे।

नेपालमा कोरोनाको संक्रमण नियन्त्रण गर्न यसअघि पनि विभिन्न समयमा संघले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.