कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश

डिसी नेपाल
२० कार्तिक २०७७ १८:३१
120
Shares

काठमाडौं। सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले भागवता अर्याललगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै नयाँ पाठ्यक्रम लागू गर्नुको कारणसमेत मागेको छ। पाठ्क्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो।

सर्वोच्चले किन नयाँ पाठ्यक्रम लागू गर्ने भन्दै १५ दिन भित्र जवाफ दिन पनि विपक्षीलाई आदेश दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.