यो तस्वीरका कारण मिलिन्द सोमनविरुद्ध मुद्दा

डिसी नेपाल
२२ कार्तिक २०७७ ११:३९
2.5k
Shares

मुम्बइ। बलिउड अभिनेता, मोडल तथा फिटनेस अभियन्ता मिलिन्द सोमनविरुद्ध एफआइआर दर्ता भएको छ । मिलिन्दले आफ्नो जन्मदिनको अवसरमा शेयर गरेको एउटा तस्कीरका कारण उनीविरुद्ध एफआइआर दर्ता भएको हो । फोटोमा गोवाको समुद्र किनारमा उनी नग्न अवस्थामा दौडिइरहेका थिए । यो फोटो उनकी पत्नी अंकिताले खिचेकी थिइन् ।

 

View this post on Instagram

 

Happy birthday to me ! . . . #55 ? @ankita_earthy

A post shared by Milind Usha Soman (@milindrunning) on

समाचार एजेन्सी एएनआइका अनुसार कोल्वा पुलिस स्टेशनमा मिलिन्दविरुद्ध अश्लीलता फैलाएको अभियोगमा एफआइआर दर्ता भएको हो । गोवा सुरक्षा मञ्चले उजुरी दर्ता गराएको हो । यसअघि गोवामै मोडल पुनम पाण्डेविरुद्ध पनि अश्लीलता फैलाएको आरोपमा मुद्दा दर्ता भएको थियो । पुनम भने धरौटीमा छुटिसकेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.