बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा, डिजिटल उपकरण सिल गरियो
मुम्बइ। बलिउड अभिनेता अर्जुन रामपालको घरमा भारतको नारकोटिक्स कन्टेल ब्यूरोले छापा मारेको छ । बलिउड ड्रग्स केसको सिलसिलामा अर्जुनको मुम्बइको बान्द्रास्थित घरमा छापा मारिएको हो । एनसीबीका अधिकारी अर्जुनको घरमा आज बिहान पुगेका थिए ।
Narcotics Control Bureau conducts raid at the premises of actor Arjun Rampal in Mumbai
(file pic) pic.twitter.com/QZGj900hNb— ANI (@ANI) November 9, 2020
एनसीबीले अर्जुनलाई ११ नोभेम्बरमा एनसीबी कार्यालयमा हाजिर हुनको लागि कानुनी नोटिस पठाएको छ । अर्जुनको घरमा केही डिजिटल उपकरण सिल गरिएका छन् । यी उपकरणको एनसीबीले जाँच गर्ने बताइएको छ । आइतबार मात्रै एनसीबीले बलिउड निर्माता फिरोज नाडियावालाको घरमा पनि छापा मारेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment