बिश्व र अस्मिताको ‘आकाशै को’ मा मुना र रोचकको अभिनय [भिडियो]
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको ‘आकाशै को’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।
आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो । कानुन विषयमा स्नातक गरेका रोचक हाल एभरेस्ष्ट फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेका छन् ।
त्यस्तै ‘फेस अफ क्लासिक डायमंड २०१७’ विजेता मुनाले केहि समय अघि ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडियोमा पनि अभिनय गरेकी थिइन् । केहि नेपाली फिल्ममासमेत काम गरिसकेकी मुनाले यसै भिडियो मार्फत कमब्याक गरेकी हुन् ।
गीतको भिडियो बिशाल प्रजापतिले छायांकन गरेका हुन् ।







डिसी नेपाल








Facebook Comment