अमेरिकी राष्ट्रपति ट्रम्पले देशका संवेदनशील सूचना बेच्न सक्ने खतरा !

डिसी नेपाल
२७ कार्तिक २०७७ १२:२२
2.0k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषपछि बाइडेनले निर्वाचित राष्ट्रपतिको रुपमा देशलाई सम्बोधन गरिसकेका छन् । तर, बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको जीत स्वीकार गरेका छैनन् । ट्रम्पमात्र नभइ उनका विदेश मन्त्री माइक पोम्पियोले पनि मंगलबार सार्वजनिक रुपमै बाइडेनको विजय स्वीकार गर्न मानेनन् । पछिल्लो समय विकसित घटनाक्रमले अमेरिकाका पूर्व सुरक्षा अधिकारीहरुको चिन्ता बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्नुभन्दा पहिले देशका गोपनीय र संवेदनशील सुरक्षा सूचना सार्वजनिक गरिदिने र आफ्ना व्यापारिक फाइदाको लागि बेचिदिन सक्नेप्रति अमेरिकाका पूर्व सुरक्षा अधिकारीहरुले चिन्ता जनाएका छन् । ट्रम्पसँग राष्ट्रपतिको रुपमा अत्यन्तै गोपनीय र संवेदनशील सूचनाहरु छन् । यसमा परमाणु हतियारको प्रक्षेपण, खुफिया सूचना जुटाउने क्षमताहरु, अन्य देशमा अमेरिकी सामरिक अड्डासँग सम्बन्धित कैयौं जानकारीहरु, अत्याधुनिक हतियार प्रणालीको विकासको स्थिति जस्ता सूचनाहरु ट्रम्पसँग छन् । पूर्व अधिकारीहरुका अनुसार यी सूचनाप्रति ट्रम्पको व्यवहार निकै गैरजिम्मेवारीपूर्ण छ ।

अमेरिकी खुफिया एजेन्सी सीआइएका पूर्व अधिकारी डेभिड प्रिएसले वाशिङटन पोस्टसँग भने ‘कोही पनि जो रिसाएको, असन्तुष्ट वा व्यथित हुन्छ ऊबाट यस किसिमको जोखिम रहन्छ कि उसले गोप्य सूचनाहरु सार्वजनिक गर्न सक्छ । ट्रम्पमाथि करोडौं डलरको ऋण छ जसका कारण उनी निकै दबाबमा छन् । यसबाट पनि उनको असन्तोष बढिरहेको छ ।’ पूर्व खुफिया अधिकारी लेरी फाइफर र सीआइए महानिर्देशक का स्टाफ रहिसकेका माइकल भी हेडेन भन्छन् ‘सुरक्षा र खुफिया अधिकारीहरुको लागि उनीहरु (राष्ट्रपति वा उनीसँग शीर्ष पदमा रहने अन्य) सधैं चिन्ताको विषय रहन्छन् जोमाथि ऋण धेरै हुन्छ ।’

यसका अलावा पछिल्लो समय भइरहेका घटनाहरु पनि छन् जसले चिन्ताजनक संकेत दिइरहेका छन् । चुनाब हारेपछि ह्वाइट हाउसमा बसिरहेका राष्ट्रपतिको व्यस्तता स्वभाविक रुपमा कम हुन्छ तर ट्रम्प पहिलेभन्दा धेरै व्यस्त छन् । उनी ह्वाइट हाउस छाड्न तयार छैनन् । पछिल्लो एक हप्तामा उनले अमेरिकी सैन्य मुख्यालय पेन्टागनबाट अ‍ैयौं ठूला अधिकारीहरुलाई हटाएर आफ्ना विश्वासपात्रलाई त्यहाँ राखेका छन् । यहाँसम्म कि उनले रक्षा मन्त्री नै फेरेका छन् । यसरी उनले प्रशासनमा आफ्नो पकड बलियो बनाइरहेका छन् ।

उनी ह्वाइटहाउसबाहिर घुमफिरका लागि पनि निस्किएका छैनन् । अर्कोतिर उनको टिम धन जुटाउने अभियानमा पनि लागेको छ । यसले आगामी दिनमा सत्ताको नयाँ संघर्ष सुरु हुने स्पष्ट संकेत गरेको छ । अर्कोतिर आजै प्रकाशित सीएनएनको एक रिपोर्टमा ट्रम्प प्रशासनले जो बाइडेनलाई विदेश विभागमार्फत आएका सन्देश हेर्न नदिएको र बाइडेनलाई इन्टेलिजेन्स र सुरक्षा ब्रिफिङ सुन्न समेत नदिएको दावी गरिएको छ । यसले पनि ट्रम्पले सूचनाको दुरुपयोग गर्ने खतरा बढाएको विश्लेषण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.