नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा कार्कीको चर्चा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले महासंघको आसन्न निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दर्ता गराएसँगै चर्चामा रहेका छन् ।
नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका अध्यक्ष समेत रहेका कार्कीले महासंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहबाट वस्तुगतर्फको सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
विभिन्न राजनीतिक खिचातानि, र कोरोना सङ्कटले निम्त्याएको असहज परिस्थितिमा हुन लागेको महासंघको निर्वाचन र निर्वाचनबाट आउने आगामी नेतृत्वको काँधमा मुलुकको अर्थतन्त्र र समग्र आर्थिक क्रियाकलापलाई सामान्य र नियमित बनाउने महत्वपुर्ण जिम्मेवारी आउने उम्मेद्वार कार्कीले बताउँछन्।
कोरोना सङ्कटले सुस्ताएको अर्थतन्त्रलाई सामान्य बनाउदै मुलधारमा फर्काउनु आगामी नेतृत्वको प्रमुख कार्यभार भएको र त्यसका लागि सरकारसँग समेत सहकार्य र सरकारलाई आवश्यक दबाव दिन निजी क्षेत्र तयार हुनुपर्ने कार्किले बताए ।
यही मङ्सिर १३ बाट काठमाडौँमा महासंघको आगामी नेतृत्वका लागी निर्वाचन हुँदैछ । निर्वाचनको मिती नजिँकिदै जादा सबै उम्मेद्द्वारहरुले आफू र आफ्नो प्यानलको प्रचारप्रसारलाई तीव्र बनाएका छन् । कार्की नेपाली कांग्रेसका नेता पनि हुन् ।







डिसी नेपाल








Facebook Comment