आईसीसीको अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले चयन

डिसी नेपाल
१० मंसिर २०७७ १३:३९
84
Shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले चयन भएका छन । उनी भारतका शशांक मनोहरको ठाउमा अध्यक्ष भएका हुन । शशांक यसअघि आईसीसीको अध्यक्ष थिए । अकल्यान्ड निवासी बार्कल पेशाले वकिल हुन । सन २०१२ देखी उनी न्युजिल्यान्ड क्रिकेटका निर्देशक रहेका छन । आईसीसी अध्यक्षको पदभार सम्हाल्दा उनले पुरानो पद छोडनुपर्ने हुन्छ ।

बार्कले आईसीसी विश्वकप २०१५ का निर्देशक रहि सकेका छन । यसका साथै उनले नोर्दन जिल्ला क्रिकेट संघको बोर्ड सदस्य र अध्यक्षको जिम्मेबारी पनि बहन गरिसकेका छन । उनीसँग न्युजिल्यान्ड र अष्ट्रेलियाका कम्पनीहरुसँग काम गरेको अनुभव पनि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.