देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
दाङ। गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका-५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो।
ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment