म्याराडोनाको निधनः ‘डिएगो नाम अमर छ’–मेस्सी, रोनाल्डोले भने ‘यो शून्यता भर्न सकिँदैन’
काठमाडौं। दिग्गज फुटबलर डिएगो म्याराडोनाको निधनले विश्व फुटबल जगत शोकमा छ । म्याराडोनाको निधनपछि शोक सन्देश जारी गर्दै स्टार फुटबलर लियोनेल मेस्सीले भनेका छन् ‘जसको नाम डिएको म्याराडोना हो ऊ कहिल्यै मर्न सक्दैन किनकि डिएगो नाम अमर छ । मेस्सीले इन्स्टाग्राममार्फत शोक सन्देश जारी गर्दै यस्तो लेखेका हुन् ।
View this post on Instagram
म्याराडोनाको बुधबार ब्युनस आयर्समा हृदयाघातका कारण निधन भएको हो । उनी ६० वर्षका थिए । मेस्सीले अगाडि लेखेका छन् ‘अर्जेन्टिनाका सबै नागरिक र फुटबलको लागि निकै दुखद दिन । उहाँ हामीलाई छाडेर जानुभयो तर उहाँ धेरै टाढा जान सक्नुहुन्न किनकि डिएको अमर हुनुहुन्छ । म ती महान व्यक्तिसँग बिताएका हरेक पलहरु याद गर्दै उहाँका परिवारप्रति समवेदना व्यक्त गर्दछु । रेस्ट इन पीस ।’
Hoje despeço-me de um amigo e o Mundo despede-se de um génio eterno. Um dos melhores de todos os tempos. Um mágico inigualável. Parte demasiado cedo, mas deixa um legado sem limites e um vazio que jamais será preenchido. Descansa em paz, craque. Nunca serás esquecido.?? pic.twitter.com/WTS21uxmdL
— Cristiano Ronaldo (@Cristiano) November 25, 2020
अर्का स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ट्वीट गर्दै लेखेका छन् ‘आज मैले आफ्ना एक असल मित्रलाई अलविदा भनें र विश्वले एक महान जिनियसलाई । विश्वका सर्वकालीन महान जादुगर । उहाँ चाँडै जानुभयो तर आफ्नो पछाडि एक विरासत छाडेर जानुभयो अनि एक यस्तो शून्य जसलाई कहिल्यै भर्न सकिने छैन । ईश्वरले तपािइँको आत्मालाई शान्ति दिउन् । तपाइँलाई कहिल्यै बिर्सन सकिने छैन ।







डिसी नेपाल








Facebook Comment