अब कसैले एक्लो र अनाथ महसुस गर्नु पर्दैन, रेखदेख गर्ने सरकार छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
११ मंसिर २०७७ १०:०१
204
Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताएका छन्। अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको बताएका हुन्।

सामाजिक सुरक्षा दिवसका दिन बिहीबार भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन हुनु दु :खको कुरा हुने पनि बताए।

‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दु : खको कुरा हो,’ उनले भने, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको समेत बताए। समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्रीको भनाइ छ।

सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको प्रधानमन्त्रीको भनाइ छ। देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.