भारत भर्सेज अस्ट्रेलियाः मिचेल स्टार्कलाई १ ओभर पूरा गर्न ११ पटक बल फाल्नुपर्यो
काठमाडौं। भारत र अस्ट्रेलियाबीच जारी पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाका तीब्र गतिका बलर मिशेल स्टार्कले पहिलो ओभरमै निकै खराब बलिङ गरेका छन् । अस्ट्रेलियाको राष्ट्रिय टोलीका प्रमुख सदस्य रहेका स्टार्कले पहिलो ओभरमै ९ रन एक्स्ट्रा दिएका छन् । यीमध्ये ८ रन वाइड र १ रन नो बलबाट आएको छ ।
भारतले ३७५ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा स्टार्कको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए । दोस्रो बल स्टार्कले वाइड फाले । तेस्रो बल शिखर धवनले डट खेले । चौथो बलमा धवनले एक रन लिए । यति बेलासम्म बल चौथो भए पनि वैधानिक बल संख्या भने तीन मात्र भएको थियो किनकि एक बल स्टार्कले वाइड फालेका थिए ।
त्यसपछि स्टार्कले पाँचौं बल वाइड फाले । छैटौं बल पनि वाइड फाले जुन विकेटकिपरले समाउन नसक्दा बाउण्ड्रीबाहिर चौका हुन गयो । सातौं बल फेरि वाइड फाले । स्टार्कले फालेको आठौं बल जुन वैधानिक रुपमा भने ओभरको चौथो मात्र बल थियो, त्यसमा अग्रवालले एक रन लिए । नवौं बल फेरि स्टार्कले नो बल फाले जुन बलमा धवनले चौका हाने । दशौं बलमा धवनले फेरि चौका हाने । एघारौं बल भने धवनले डट खेले ।







डिसी नेपाल








Facebook Comment