वेष्ट ईण्डिजविरुद्धको पहिलो टी२० मा न्यूजिल्याण्ड विजयी
काठमाडौं । वेष्ट ईण्डिज विरुद्धको पहिलो टी२०मा न्यूजिल्याण्ड विजयी भएको छ। अकल्याण्डमा भएको खेलमा पाहुना टोलीलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिजमा विजयी सुरुवात गरेको छ।
वर्षाले प्रभावित बनाएको खेल १६ ओभरमा झारिएको थियो। डीएल मेथडका आधारमा १६ ओभरमा १७६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। न्यूजिल्याण्डका लागि जिमि निशामले ४८ तथा मिचेल शान्टनरले ३१ रन बनाउँदै नटआउट रहे। यस्तै डेभोन कोन्भेले ४१ रन बनाउँदा ग्लेन फिलिप्सले ७ बलमा २२ रन बनाए। ईण्डिजका ओशेन थोमसले २ तथा शेल्डन कोटरल र काईरन पोलार्डले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको ईण्डिजले १६ ओभरमा १८० रन बनाएको थियो। त्यसका लागि कप्तान पोलार्डले आक्रामक ब्याटिंग गरे। उनले ३७ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै ७५ रन बनाए। यस्तै आन्द्रे फ्लेचरले ३४ तथा फाबियन अलेनले ३० तथा ब्रान्डन किंगले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। न्यूजिल्याण्डका लोक्की फर्गुसनले ५ विकेट लिए। यस्तै टिम साउदीले २ विकेट लिए।
जितसँगै ३ खेलको टी२० सिरिजमा न्यूजिल्याण्डले अग्रता बनाएको छ।







डिसी नेपाल








Facebook Comment