सन्दीपलाई कोरोना संक्रमण, कप्तानसहित तीन खेलाडी संक्रमण मुक्त

डिसी नेपाल
१३ मंसिर २०७७ १०:०८
100
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफुलाई कोरोना भाईरसको संक्रमण भएको सेल्फ आईसोलेनमा बसेको बताएका छन् ।

सन्दीपले आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताएका छन् । तर अहिले भने उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत बताएका छन् । सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए ।

यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो । हाल उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.