भारतीय खेलाडीलाई जरिवाना

डिसी नेपाल
१३ मंसिर २०७७ १४:३४
416
Shares

काठमाडौं । अष्ट्रेलियासँग पहिलो एक दिवसीय खेलेमा भारतीय खेलाडीलाई जरिवाना तिराइएको छ। शुक्रबार सिड्नीमा भएको खेलमा स्लो ओभर रेटका कारण ‘म्याच फि’को २० प्रतिशत जरिवाना लगाइएको आईसीसीले जनाएको छ।

खेलका रेफ्री डेभिड बुनले खेलको क्रममा भारतले एक ओभर निर्धारित समयभन्दा ढिलो फालेपछि जरिवाना लगाएका हुन्। आईसीसीको नियमअनुसार स्लो ओभर बलिंग गरेमा म्याच फिको २० प्रतिशत जरिवाना लगाइन्छ।

विराटले उक्त गल्ती मानेको र प्रस्ताव स्वीकार गरेकाले अन्य कारवाही नहुने भएको छ। सिड्नीमा भएको पहिलो एक दिवसीय खेलमा भारत अष्ट्रेलियासँग ६६ रनले पराजित भएको थियो। अष्ट्रेलियाको भ्रमणमा रहेको भारतले एकदिवसीय, टी२० र टेष्ट खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.