अन्तरिक्षमा मुला फल्यो

डिसी नेपाल
२१ मंसिर २०७७ ८:४२
212
Shares

काठमाडौं। वैज्ञानिकहरुले पहिलो पटक अन्तरिक्षमा मुला फलाएका छन् । यो मुलालाई २०२१ मा पृथ्वीमा ल्याइनेछ । फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेस स्टेशनमा फलाइएको मुला उखेलेकी छिन् । केटले मुलाका १० बिरुवालाई प्याक गरेर २०२१ मा पृथ्वीमा ल्याउनको लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।

नासाले ट्वीटरमा यसको जानकारी दिएको छ । नासाले यो परीक्षणको नाम हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनको लागि मुला नै रोज्नुको पछाडि यो छिटो तयार हुने बाली हुनु मुख्य कारण थियो । वैज्ञानिकहरुलाई यो २७ दिनमा तयार हुने विश्वास थियो । उत्पादित मुलामा पोषक तत्व पनि छ र खान लायक पनि छ । अब यो मुलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मुलासँग गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.